मंसिर ४ गते संघीय निर्वाचन गर्ने सत्ता गठबन्धनको सहमति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मंसिर ४ गते संघीय निर्वाचन गर्ने सत्ता गठबन्धनको सहमति

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०७९, बुधबार

    काठमाडौं । सत्ता गठबन्धनले  मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने सहमति गरेकाे छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनका शीर्ष नेताबीच बुधबार सो सहमति भएको जानकारी दिए ।

    बालुवटारमा भएको छलफलमा मंसिर ४ गते निर्वाचन गर्ने सहमति भएको वरिष्ठ नेता पौडेलको भनाइ छ। नेता पौडेलले भने, “मंसिर ४ गते सहमति भइसक्यो । त्यही हो, सरकारले अब घोषणा गर्छ । बैठक फेरि पर्सी बस्छ ।” उनका अनुसार अब सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति औपचारिक रुपमा घोषणा गर्नेछ । 

    बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेता सहभागी थिए ।

    बैठकमा सत्ता सहयात्री दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस वरिष्ठ नेता पौडेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित गठबन्धनका शीर्ष नेता सहभागी थिए ।