दमौली । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले आगामी निर्वाचनमा कोसँग तालमेल हुन्छ भन्न नसकिने भएकाले एक्लै निर्वाचन लड्ने गरी तयारी गर्नुपर्ने बताएका छन् ।
विपी विचार समाज तनहुँको बिहीबार दमौलीमा आयोजित अधिवेशनमा बोल्दै जोशीले निर्वाचनमा को सँग तालमेल हुन्छ भन्न नसकिने बताए । ‘स्थानीय तह निर्वाचनमा एमालेसँग तालमेल भयो, फेरि हुन पनि सक्छ नहुन पनि सक्छ,’ उनले भने, ‘एक्लै निर्वाचन लड्न पनि सक्छौ, त्यसका लागि अहिलेदेखि तयारी गर्नुपर्छ ।’
कांग्रेस सिद्धान्त छाडेर सत्ताको पछि लागेको आरोप लगाउँदै जोशीले भने, ‘आगामी निर्वाचनमा पॉच दलीय गठबन्धन गर्ने तयारी छ । कांग्रेसको सिद्धान्त त्यहॉ कहॉनेर रहला ।’