काङ्ग्रेस नेता अधिकारीले दिए देउवालाई यस्ताे सुझाव !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काङ्ग्रेस नेता अधिकारीले दिए देउवालाई यस्ताे सुझाव !

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०७९, बिहीबार

    दमाैली । नेपाली काङ्ग्रेस तनहुँका सदस्य डम्बरबहादुर अधिकारीले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आगामी निर्वाचनमा समानुपातिकमा बसेर अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । अधिकारीले मङ्सिर ४ गते हुने निर्वाचनमा देउवालाई समानुपातिकमा बसेर अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।

    जनआन्दोलनपछिको पहिलो संविधानसभा निर्वाचनमा तत्कालिन सभापति गिरीजाप्रसाद कोइरालाले समानुपातिकमा बसेर उदाहरणीय काम गरेको भन्दै अधिकारीले भने, “देउवालाई पनि कोइराला जस्तै बन्ने ऐतिहासिक अवसर छ । जनआन्दोलन भाग–२ का लोकतन्त्रका नायक कोइरालाले जनआन्दोलन भाग–२ पछिको पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकमा बसेर पार्टी भित्र र बाहिर अभिभावकीय भुमिका निर्वाह गर्नु भएको थियो । प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले पनि लोकतन्त्रका नायक कोईरालाले देखाएको बाटो अवलम्बन गरेको खण्डमा नेपाली राजनीतिका लागि एउटा गतिलो उदाहरण हुने थियोे ।”