तनहुँका अधिकारी बने युएन साइप्रस शान्ति मिसनमा खटिने पहिलो नेपाली पुलिस अफिसर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका अधिकारी बने युएन साइप्रस शान्ति मिसनमा खटिने पहिलो नेपाली पुलिस अफिसर

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०७९, शुक्रबार

    दमौली । नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक मोहनमणी अधिकारी संयुक्त राष्ट्र संघको साइप्रस शान्ति मिसनका लागि खटिने पहिलो प्रहरी अधिकृत बनेका छन् ।

    राष्ट्र संघले विश्वव्यापी विज्ञापनबाट अधिकारीलाई छनोट गरेको थियो । तनहुँ म्याग्दे गाउँपालिका-४ मनहरिका अधिकारी २०६७ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । अधिकारीलाई मिसनको प्लानिङ अफिसरको जिम्मेवारी दिइएको छ ।

    ‘विश्वभरबाट छनोट हुन पाएकोमा निकै खुशी लागेको छ । यो मेरा लागि मात्र नभएर नेपालका लागि पनि खुशीको कुरा हो’, हाल कार्यक्षेत्रमा रहेका अधिकारीले भने ।

    प्रहरीका डीएसपी र एसपी दर्जाका लागि उक्त विज्ञापन आह्वान गरिएको थियो । नेपालबाट दुई जना सर्ट लिस्ट भएका थिए ।

    शसस्त्र प्रहरीका एक जना एसपी पनि सर्ट लिस्टमा परेका थिए । अधिकारी कम्तिमा एक वर्ष उक्त जिम्मेवारीमा रहनेछन् ।