नागरिकता विधेयक रोक्न सकेनौ : न्यौपाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नागरिकता विधेयक रोक्न सकेनौ : न्यौपाने

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले सरकारले राष्ट्रियसभामा पेश गरेको नागरिकता विधेयक रोक्न नसकेको बताएकी छन्। नागरिकता विधेयकमा भएको विदेशी चेली नेपालमा विहे गरेर आएको भोलिपल्ट नै नागरिकता दिन पाउने गरि सरकारले ल्याएको विधेयक राष्ट्रहित विपरित भएको हुँदा त्यसलाई रोक्न आफूले पहल गरेतापनि नसकेको बताइन् ।

    ‘नेपाली कांग्रेस, माओवादी र संसदमा प्रतिनिधित्व गर्ने सासंदहरुसँग आफूले यो विधेयक रोक्नका लागि छलफल गरेको, उक्त छलफलमा राष्ट्रियसभाका सासंदहरु सकारात्मक थिए तर निर्णयार्थ छलफलका प्रस्तुत गर्दा उनीहरुले सरकारले ल्याएको प्रस्तावमा सहमति जनाए,’ उनले भनिन् ।

    दलगत ह्वीपले गर्दा उनीहरुले दलीय उर्दी मानेको उनले बताइन् । एउटा दल र व्यक्तिले चुनाव जित्नु र हार्नुको परिणाम अहिले देशले भोगेको उनको भनाई थियो।

    अखिल नेपाल महिला संघ जिल्ला कमिटी तनहुँले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सासंद न्यौपानेले उक्त कुरा बताएकी हुन् ।