सामुदायिक विद्यालयमा बस खरिदका लागि म्याग्देले अनुदान दिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सामुदायिक विद्यालयमा बस खरिदका लागि म्याग्देले अनुदान दिने

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०७९, आईतवार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाले माध्यमिक तहका सामुदायिक विद्यालयलाई बस खरिदका लागि अनुदान दिने भएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन गाउँपालिकाले माध्यमिक तहका विद्यालयलाई बस खरिदमा अनुदान दिन लागेको हो ।

    गाउँपालिकाको १२ औं गाउँसभाबाट स्वीकृत बजेट तथा साउन १९ गतेको कार्यपालिका निर्णय अनुसार बस खरिद गर्न कूल लागतको अधिकतम ४० प्रतिशतसम्म साझेदारी तथा अनुदान दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए।

    बस खरिद गर्न इच्छुक विद्यालयलाई विद्यालयको आवश्यकता, क्षमता तथा वहन गर्ने दायित्व रकम र स्रोतको सुनिश्चितता, बस सञ्चालन प्रक्रिया तथा सञ्चालन व्यवस्थापन मापदण्ड सहित सञ्चालन प्रतिबद्धता र वि.व्य.स.को निर्णय सहित गाउँपालिकाको शिक्षा शाखामा भदौ ५ गतेभित्र प्रस्ताव पेश गर्न आह्वान गरिएको छ ।

    गाउँपालिकाले चार वटा माध्यमिक तहका विद्यालयलाई बस खरिदका लागि अनुदानको व्यवस्था मिलाएको अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार सङ्घीय सरकारले बस खरिदमा ७५ प्रतिशत भन्सार छुट दिने निर्णय गरेको छ । “सामुदायिक विद्यालयमा बस सञ्चालन गर्न सकिए विद्यार्थीको आकर्षण पनि बढ्ने विश्वास गरेका छौ,” अधिकारीले भने ।

    हाल म्याग्दे गाउँपालिकाभित्र राधा माध्यमिक विद्यालयले बस सेवा सञ्चालन गरेको छ ।