भिमाद । तनहुँकाे भिमाद नगरपालिका-९ काे बजेट सार्वजनिक गरिएकाे छ । वडा कार्यालयले एक कार्यक्रमका बीच आर्थिक वर्ष ०७९/८० काे बजेट सार्वजनिक गरेकाे हाे । वडाध्यक्ष रनबहादुर थापाले चार कराेडकाे बजेट सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा एमाले भिमाद नगर कमिटी अध्यक्ष एवं निवर्तमान वडाध्यक्ष इमानबहादुर थापाले जनताकाे माग र आवश्यकताका आधारमा वडाले बजेट तथा याेजना बनाएकाले यसलाई कार्यान्वयन गर्नेतर्फ ध्यान दिन आग्रह गरे ।