भानुका सामुदायिक विद्यालयलाई सिकाई सामग्री वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानुका सामुदायिक विद्यालयलाई सिकाई सामग्री वितरण

    खबरपुञ्ज संवाददाता

    ३१ श्रावण २०७९, बुधबार

    भानु । तनहुँको भानु नगरपालिकाले सामुदायिक विद्यालयलाई सिकाई सामग्री वितरण सुरु गरेको छ । नगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक विद्यालयलाई विभिन्न बाल सिकाई सामग्री, व्यवस्थापकीय एवं स्वास्थ्य र सरसफाईसँग सम्बन्धित सामग्री वितरण सुरु गरिएको हो ।

    आर्थिक वर्ष ०७८÷७९ मा सङ्घीय सरकारबाट सशर्त कार्यक्रमको रुपमा प्राप्त बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत किशोरीका लागि लक्षित गरी बालबालिका केन्द्रित सिकाई सामग्री वितरण गरिएको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए।

    बाल विकास केन्द्रका लागि दश प्रकारका सिकाइ चार्ट, बाह्रखरी मोडल सामग्री, स्टील दराज वितरण गरिएको छ ।

    दिवा खाजाका लागि भान्सा व्यवस्थापन सामग्री अन्तर्गत खाना पकाउने र खाने भाडाकुडा वितरण गरिएको शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले जानकारी दिए।

    सबै माध्यमिक विद्यालय र आधारभूत विद्यालयका लागि माग र आवश्यकताका आधारमा पानी शुद्धिकरणका लागि युरोगार्ड, सबै प्राथमिक विद्यालयका लागि क्रुज फिल्टर वितरण गरिएको छ ।

    सबै सामग्रीहरु नगरपालिकाल नै विद्यालयसम्म नै ढुवानी गर्नेछ । त्यसैगरी इलेक्ट्रोनिक डिस्पोजल मेशिन युरोगार्ड तथा फिल्टर विद्यालयमा गई प्राविधिकहरु मार्फत जडान गर्नेछ । यसमा विद्यालयका लागि कुनै प्रकारको शुल्क नलाग्ने जनाइएको छ ।

    आगामी दिनमा भानुका बालविकास केन्द्रहरु थप स्रोतपूर्ण, आकर्षक, बालमैत्री र सिकाइमैत्री भई बालबालिकाको आकर्षण हाम्रा सामुदायिक विद्यालय प्रति बढ्नेछ र यसका माध्यमबाट जगदेखि नै अनुकूल वातावरण निर्माण भई शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिइएको छ ।