चितवनमा ट्रकमा मोटरसाइकल ठोकिँदा २ जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चितवनमा ट्रकमा मोटरसाइकल ठोकिँदा २ जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २ भाद्र २०७९, शुक्रबार

    चितवन । चितवनको ईच्छाकामना गाउँपालिका ४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोकिँदा २ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक दैलेखको ल्याती बिन्द्रासाईनी नगरपालिका ६ का २५ वर्षीय सरोज रोकाया र पछाडी सवार काठमाण्डौका ३२ वर्षीय सरोज माझी रहेका छन् ।

    गम्भीर घाइते भएका उनीहरुको उपचार क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो ।

    काठमाण्डौबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा आज बिहान साढे ३ बजे सोही दिशातर्फ जाँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल पछाडीबाट ठोकिएको हो । ट्रक सहित चालकलाई ईलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ ।