दमौली । व्यास नगरपालिका-४ स्थित वीरता टोल विकास संस्था अन्तरगत सिद्धेश्वरी महादेव संरक्षण समितिको अध्यक्षमा कालीबहादुर अधिकारी चयन भएका छन् । शनिबार आयोजित भेलाले अधिकारीको अध्यक्षतामा नयॉ कार्यसमिति चयन गरेको हो ।
जानकी आमा समूहकी अध्यक्ष नानुमाया बस्नेतको अध्यक्षतामा भेला सम्पन्न भएको थियो । समूहकी उपाध्यक्ष उमा गुरुङले नवनिर्वाचित अध्यक्ष अधिकारीलाई स्वागत र निवर्तमान अध्यक्ष मनोहर खनाललाई विदाई गरेका थिए ।