म तनहुँ-१ बाटै चुनाव लड्ने हो : पूर्वमन्त्री श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म तनहुँ-१ बाटै चुनाव लड्ने हो : पूर्वमन्त्री श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    ४ भाद्र २०७९, आईतवार

    दमाैली । पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं तनहुँ क्षेत्र नम्बर १ का संघीय सांसद कृष्णकुमार श्रेष्ठ किसानले आफू तनहुँ क्षेत्र नम्बर १ बाटै निर्वाचन लड्ने बताएका छन् । आइतबार खबरपुञ्जसँग कुराकानी गर्दै सांसद श्रेष्ठले २०७४ सालमा विजय हासिल गरेको तनहुँ क्षेत्र नम्बर १ बाटै पुनः उम्मेदवार बनेर विजयी हुने बताए ।

    केही सञ्चारमाध्यममा बाराबाट उम्मेदवारी दिने तयारी गरेको समाचारप्रति आश्चर्यप्रकट गर्दै सांसद श्रेष्ठले भने, “म तनहुँबाटै लड्छु, बारा जाने कुरा होइन । बाराका शुभचिन्तकहरुले बारा आउनुस् हामी जिताउँछौ भन्नुभएको हो ।”

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ठूलो नेता भएकाले उनी अन्यत्र जुनसुकै क्षेत्रमा पनि गएर निर्वाचन लड्न सक्ने सांसद श्रेष्ठको भनाई छ । “तनहुँ क्षेत्र नम्बर १ का जनताले २०७४ सालमा जुन माया दिनुभयो, २०७९ मंसिर ४ गतेको निर्वाचनमा पनि त्यही माया मैले पाउनेछु,” सांसद श्रेष्ठले भने ।