दमाैली । पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ गृहजिल्ला तनहुँ आउने भएका छन् । अधिकृत विक्रेता संघ तनहुँको सातौ साधारणसभा तथा चौथो अधिवेशन उद्घाटनका लागि श्रेष्ठ तनहुँ आउन लागेका हुन् ।
तनहुँ क्षेत्र नम्बर १ का संघीय सांसद समेत रहेका श्रेष्ठले म्याग्दे–३ किल्चोकमा सोमबार आयोजित अधिवेशन तथा साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
अधिवेशनले संघको नयाँ कार्यसमिति चयन गर्ने अध्यक्ष लिलबहादुर थापाले जानकारी दिए ।