दमौलीमा आजदेखि प्रथम मेयर कप,४२ टिमको सहभागिता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    दमौलीमा आजदेखि प्रथम मेयर कप,४२ टिमको सहभागिता

    खबरपुञ्ज संवाददाता

    ७ भाद्र २०७९, बुधबार

    दमौली । दमौलीमा आजदेखि प्रथम मेयर कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । व्यास नगरपालिका-४ स्थित सितलचोक युवा क्लवको आयोजनामा सर्वाधिक राशी पुरस्कार रहेको फुटबल प्रतियोगिता हुन लागेको हो ।

    व्यास-३ स्थित विपी वनबाटिका खेल मैदानमा हुने प्रतियोगिताको नगरप्रमुख वैकुण्ठ न्यौपानेले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

    प्रतियोगितामा ४२ टिमको सहभागिता रहेको संयोजक राजेश मल्लले जानकारी दिए ।

    प्रतियोगितामा विजेतालाई दुई लाख दुई हजार दुई सय २२ र उपविजेतालाई रु एक लाख ११ हजार एक सय नगद पुरस्कार प्रदान गरिनेछ ।