दमाैली । हाल पाँच देखि ११ वर्ष उमेरसम्मका बालबालिकालाई फाइजर खोप लगाइएकामा तनहुँमा केही समयपछि १२ वर्षदेखि माथिका सबै नागरिकलाई यो खोप लगाइने भएको छ ।
भदौ ७ गतेदेखि १४ गतेसम्म बालबालिकाका लागि सञ्चालन गरिएको यो अभियान केही समयपछि सबै नागरिकलाई सञ्चालन हुने स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
पहिलो मात्रा खोप, दोस्रो मात्रा खोप र दोस्रो मात्रा खोप पूरा गरी तीन महिना पुगेकाहरुलाई बुस्टर मात्रा खोप लगाइने भएकाले नजिक पर्ने स्वास्थ्य संस्थामा समन्वय गरी खोप सेवा लिन अनुरोध गरिएको छ ।