दमौली । व्यास नगरपालिका-२ महिला समन्वय समितिको आयोजना र व्यास-२ वडा कार्यालयको सहयोगमा आयोजित तीज गीत प्रतियोगितामा सत्यवती माविको समूह प्रथम भएको छ । शुक्रबार आयोजित प्रतियोगितामा सत्यवती मावि प्रथम भएको हो ।
प्रतियोगितामा बाल मन्दिर मावि समूह द्वितीय र बागबजार दिदीबहिनी आमा समूह तृतीय भएको छ । ग्रिनसिटी टोल र बालमन्दिर आमा समूह सान्त्वना भएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमश: १० हजार, ८ हजार, ६ हजार र २ हजार प्राप्त गरेका छन् ।
नृत्यमा श्रीटोल उत्कृष्ट भएको छ भने मादलमा नरबहादुर खॉण उत्कृष्ट भएका छन् । उनीहरुले १५००/१५०० प्राप्त गरेका छन् ।
महिला समन्वय समितिकी अध्यक्ष इन्द्रा पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, वडाध्यक्ष काशीराम श्रेष्ठ, वडा सदस्य रफत साना मिया, सविता रसाइली लगायतले बोलेका थिए।