व्यासमा फाइजर खोप अभियान : ९८ प्रतिशत प्रगति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासमा फाइजर खोप अभियान : ९८ प्रतिशत प्रगति

    खबरपुञ्ज संवाददाता

    १० भाद्र २०७९, शनिबार

    दमाैली । व्यास नगरपालिकाले ५ देखि ११ वर्ष उमेरसम्मका बालबालिकाका लागि सञ्चालन गरेको फाइजर खोप अभियानको ९८.०९ प्रतिशत प्रगति भएको छ । नगरपालिकाले भदौ ७ गतेदेखि सञ्चालन गरेको अभियानका क्रममा दश हजार एक सय ५३ बालबालिकालाई खोप लगाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

    यसक्रममा पाँच हजार तीन सय ५७ छात्र र चार हजार सात सय ९६ छात्रालाई खोप लगाइएको छ । दश हजार तीन सय ५० बालबालिकालाई खोप लगाउने लक्ष्य थियो । अभियानका क्रममा एक हजार २९ भायल खर्च भएको सोतीले जानकारी दिए । “लक्ष्य बमोजिम नै खोप लगाउन सफल भएका छौ,” उनले भने ।

    खोप अभियानका लागि प्रत्येक विद्यालयमा खोप केन्द्र सञ्चालन गरिएको थियो ।

    सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।