एजेन्सी । प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नेमाउथलाई ९–० गोल अन्तरले हराएको हो । प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको चौथो खेलमा लिभरपुलले ९ गोल अन्तरले जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो र लुइस डियाजले दुई–दुई गोल गरे ।
यस्तै हार्भे इलियोट, ट्रेन्ट एलेक्सजेण्डर आर्नोल्ड, भिर्गिल भान डाइक र फाबियो कार्भाल्होले एक एक गोल गरे । बर्नेमाउथका क्रिस मेपहमले एक गोल आत्मघाती गरे । पहिलो हाफमै पाँच गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप चार गोल गरेको थियो ।
सिजनमा लिभरपुलको यो पहिलो जित हो । जितसँगै लिभरपुलले ४ खेलमा ५ अंक जोडेको छ । यता पराजित बर्नेमाउथ ३ अंक ओडेर १६ औं स्थानमा रहेको छ ।