मनकारी कृष्ण, जसले बाटोमा भेटाएको १ लाख ७३ हजार प्रहरीलाई बुझाए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मनकारी कृष्ण, जसले बाटोमा भेटाएको १ लाख ७३ हजार प्रहरीलाई बुझाए

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०७९, मंगलवार

    दमौली । धादिङको ज्वालामुखी गाउँपालिका-७ का ४१ वर्षीय तकबहादुर नेपाली सोमबार मोटरसाइकलमा पोखरा जॉदै थिए । ग ६ प ६६९२ नम्बरको मोटरसाइकलमा सवार नेपालीले मोटरसाइकल पछाडी झोला राखेका थिए ।

    चितवनबाट पोखरा आउँदै गरेका उनको तनहुँको व्यास-१ अम्रेनीमा आइपुग्दा झोला खस्यो । झोलामा थियो नगद एक लाख ७३ हजार सहित अन्य कागजात ।

    झोला हराएको बारेमा नेपालीले जिल्ला प्रहरी कार्यालय तनहुँमा खबर गरे । उक्त झोला सोमबार राति नै चितवनको भरतपुर महानगरपालिका-१ रामबजार बस्ने २९ वर्षीय कृष्ण बहादुर कुंवरले फेला पारेका थिए । झोला खोलेर हेर्दा पैसा देखेपछि उनले तत्कालै उक्त झोला प्रहरी कार्यालयमा बुझाए ।

    उक्त झोला प्रहरीले मंगलबार सम्बन्धित व्यक्तिलाई बुझाएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए । ‘झोला फेला पार्ने व्यक्तिमा इमानदारिता देखियो, उहॉलाई विशेष धन्यवाद छ,’ उनले भने ।