दमौली । नेकपा (माओवादी) केन्द्र तनहुँका संयोजक ओमराज आले (मदन) ले बुधबार पदस्थापन गरेका छन् । बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा आलेले पदस्थापन गरेका हुन् ।
निवर्तमान संयोजक राजेन्द्रकेशरी न्यौपानेले आलेलाई माइन्युट हस्तान्तरण गरेका थिए ।
पदस्थापनपछि आयोजित कार्यक्रममा बोल्दै आलेले पार्टीलाई नयॉ ढंगबाट अगाडी बढाउने बताए ।
‘सबैको सहयोग र सल्लाह अनुसार काम गर्छौ, पार्टीलाई नयॉ उचाईमा पुर्याउने संकल्प लिएका छौ,’ उनले भने । स्थानीय तहको निर्वाचन सकिएको र मंसिर ४ गते हुने निर्वाचनका लागि पनि छलफल गरिने उनले बताए।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर चुमान, आशा कोइराला, ओमकुमारी पौडेल लगायतको सहभागिता थियो ।