लिटरमा ६ रुपैयाँ बढयो डिजेल र मट्टितेलको मूल्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    लिटरमा ६ रुपैयाँ बढयो डिजेल र मट्टितेलको मूल्य

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनले मुल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरेको नियमले बढ्नासाथ नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।

    नियमले बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ । अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ पर्छ ।

    पेट्रोल, हवाई सन्धन र एपी ग्यासको मुल्य भने यथावत नै राखिएको निगमले जनाएको छ ।