पर्यटनमन्त्री श्रेष्ठद्वारा पर्यटकीय स्थलमा विशेष सरसफाईअभियानको सुरुवात
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पर्यटनमन्त्री श्रेष्ठद्वारा पर्यटकीय स्थलमा विशेष सरसफाईअभियानको सुरुवात

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७९, शुक्रबार

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको हनुमानढोका दरबार स्क्वायर क्षेत्रबाट पर्यटकीय स्थलमा विशेष सरसफाई अभियानको सुरुवात गरेका छन् ।सम्पदा स्थलहरुलाई सफा एवं आकर्षक वनाउने लक्ष्यका साथ सरसफाई अभियान सुरु गरिएको मन्त्री श्रेष्ठले बताए ।

    अभियान अन्तर्गत हनुमानढोका दरबार क्षेत्र, वसन्तपुर र त्यस आसपासमा सरसफाइ गरिएको थियो । ‘पर्यटनपुनरुत्थानका लागि क्लीन नेपाल- ग्रीन नेपाल अभियान’नारासहित पर्यटकीय स्थलमा विशेष सरसफाई अभियान सुरु गरिएको हो । 

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन सम्वद्धसार्वजनिक निकाय, स्थानीय तह, सामाजिक संघ संस्थाहरु रशैक्षिक प्रतिष्ठानहरुसँगको सहकार्यमा विशेष सरसफाईअभियान सुरु गरेको हो ।

    मन्त्री श्रेष्ठले अघि सार्नुभएको नेपालको पर्यटन क्षेत्र पुनरूत्थान कार्ययोजनमा महत्वपूर्ण पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाई अभियान संचालन गर्ने उल्लेख छ । पर्यटकलाई आकर्षित गर्न सरसफाई महत्वपूर्ण भएकोले यसलाई अभियानकै रुपमा सुरुवात गरिएको मन्त्री श्रेष्ठको भनाइ छ । 

    अभियानले संस्कृति, सम्पदाको संरक्षण र प्रवर्द्धनमा सघाउ पुर्याउने उनले बताए । सरसफाइ अभियानमा सम्पदा संरक्षण अभियान्ता, विद्यार्थी, सुरक्षाकर्मी, सामाजिक संघ संस्थाका प्रतिनिधि तथा स्थानीयबासिन्दाको सहभागिता थियो । देशका अन्य महत्वपूर्ण पर्यटकीय स्थलहरुमा पनि राष्ट्रिय सरसफाई अभियान सञ्चालन गरिने मन्त्री श्रेष्ठले बताए ।