राप्रपा तनहुँद्वारा उम्मेदवार सिफारिस, तनहुँ-१ मा घर्ती सर्वसम्मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राप्रपा तनहुँद्वारा उम्मेदवार सिफारिस, तनहुँ-१ मा घर्ती सर्वसम्मत

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०७९, मंगलवार

    दमौली । राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ । राप्रपाले तनहुँका दुई प्रतिनिधि सभा र चार प्रदेश सभा क्षेत्रमा उम्मेदवार छनोट गरी केन्द्रीय समिति समक्ष सिफारिस गरेको हो ।

    तनहुँ-१ को प्रतिनिधिसभाका लागि पार्टी अध्यक्ष विनोद घर्ती एकल सिफारिस भएका छन् । प्रदेश (क) तर्फ हरिशचन्द्र वाग्ले, विवेक न्यौपाने र तीर्थराज पौडेल सिफारिस भएका छन् । प्रदेश (ख) तर्फ राजु गोतामे सिफारिस भएका छन् ।

    प्रतिनिधि सभा समानुपातिकतर्फ गौमाया श्रेष्ठ, अमरसिं गुरुङ, मछिन्द्र श्रेष्ठ, शेरजंग अधिकारी र दुर्गाबहादुर पन्थ सिफारिस भएका छन् ।

    प्रदेश समानुपातिकतर्फ (क) मा शोभा गुरुङ, बाबुराम न्यौपाने, र रमिता थिङ, आइतबहादुर घले र नानुमाया बस्नेत सिफारिस भएका छन्। (ख) मा चन्द्रावती पन्थ, दिवाकर मिश्र र भगवती पौडेल सिफारिस भएका छन्।

    तनहुँ-२ को प्रतिनिधिसभाका लागि नरेन्द्रप्रताप महत र प्रभात गिरी सिफारिस भएका छन् । प्रदेश (क) तर्फ रेशमराज अधिकारी र प्रदेश (ख) तर्फ विष्णुभक्त खनाल र कृष्णबहादुर वंशी ठकुरी सिफारिस भएका छन्।

    समानुपातिकतर्फ प्रतिनिधिसभामा सीता थापा, रामकुमारी भुषाल, प्रदेश (क) मा गृ बहादुर परियार, नेत्रबहादुर कार्की र बावना आले तथा (ख) मा फूलमाया कामी सिफारिस भएका छन् ।