दमाैली । पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइटिएफ तेक्वान्दोको लागि तनहुँका चार खेलाडी छनोट भएका छन् ।
पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय प्रतियोगिताबाट गण्डकीको प्रतिनिधित्व गर्दै तनहुँबाट चार खेलाडी राष्ट्रियस्तरको प्रतियोगिताका लागि छनोट भएका छन् ।
भिमादका मोनिका कुंवर, सोनिका थापा, गोपाल चन्द र शुक्लागण्डकीका सोमबहादुर गुरुङले स्वर्ण पदक जित्दै राष्ट्रिय स्तरका लागि छनोट भएका हुन् ।
आइटिएफ तेक्वान्दोमा तनहुँ प्रदेशस्तरमा दोस्रो भएको छ । तनहुँले चार स्वर्ण, एक रजत र तीन कास्य पदक जितेको छ ।
प्रतियोगितामा पंकज थापाले रजत, मनिषा केसीले कास्य, पेमा थापा श्रेष्ठ र बन्दना तामाङले कास्य पदक जितेका छन् ।