पल शाहले जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन दिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पल शाहले जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन दिने

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०७९, बुधबार

    दमाैली। बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद सजाय तोकिएका अभिनेता पल (पूर्णविक्रम) शाहले उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएका छन् ।

    नाबालिकामाथि बलात्कारको मुद्दामा मंगलबार नवलपुर जिल्ला अदालतले पललाई सफाइ दिए पनि बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद, २५ हजार जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो ।

    अदालतको पूर्णपाठ आउनै वित्तिकै पुनरावलोकनको जाहेरी दर्ता गर्ने तयारीमा आफूहरु रहेको पलका वकिल कमलामोहन वाग्लेले जानकारी दिए ।

    ‘फैसलाको पूर्णपाठ आउने वित्तिकै हामी उच्च अदालतमा जान्छौं । जाहेरी दिने तयारी अवस्थामा छौं,’ वाग्लेले भने । यसैबीच, तनहुँ जिल्लामा अदालतमा चलिरहेको पलविरुद्धको यस्तै प्रकृतिको अर्को मुद्दाको पेशी आगामी असोज २ गतेलाई तोकिएको छ ।