दमाैली । दमौली अस्पतालको सेवा खस्किएको पाइएको छ । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले गरेको मूल्याङ्कन अनुसार अस्पतालको सेवा खस्किएको पाइएको हो ।
प्रदेश सरकार मातहतका ११ अस्पतालमध्ये दमौली अस्पताल पुछारमा परेको छ । दमौली अस्पतालले कूल १०० पूर्णाङ्कमा ४९.२९ मात्रै अङ्क प्राप्त गरेको छ ।
अघिल्ला वर्षहरुमा उत्कृष्ट हुने गरेको अस्पताल आर्थिक वर्ष ०७९÷८० को मूल्याङ्कनमा कमजोर देखिएको छ ।
मूल्याङ्कनमा बेनी अस्पताल म्याग्दी प्रथम भएको छ । बेनी अस्पतालले ७८ अङ्क प्राप्त गरेको छ । त्यस्तै मातृशिशु मितेरी अस्पताल कास्की ७०.२८ सहित दोस्रो र जिल्ला अस्पताल पर्वत ६९.७० सहित तेस्रो भएको छ ।
स्वास्थ्य कार्यालयतर्फ तनहुँ नवौ भएको छ । तनहुँले ६७.७ अङ्क प्राप्त गरेको छ । स्वास्थ्य कार्यालय लमजुङ ८३.८ सहित प्रथम भएको छ ।
आर्युर्वेद कार्यालयतर्फ तनहुँ दशौ भएको छ । तनहुँले ४३.६३ अङ्क प्राप्त गरेको छ । आर्युर्वेदतर्फ बागलुङ ८१.२६ सहित प्रथम भएको छ ।
सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।