बालबालिका खेल्दै गर्दा कर्मचारी मैदान छिरेपछि…
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    बालबालिका खेल्दै गर्दा कर्मचारी मैदान छिरेपछि…

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०७९, बुधबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–३ विपीवनवाटिकास्थित खेल मैदानमा बुधबार बिहान वाराही आवासीय माध्यमिक विद्यालयका विद्यार्थी फुटबल खेल्दै थिए । अन्डर १३ को छनोट खेलका लागि विद्यार्थी मैदानमा थिए ।

    दमौलीमा अन्यत्र खेलकुद मैदान नभएकाले विपी वनवाटिकामै खेल्नुपर्ने बाध्यता छ । खेल चल्दै गर्दा कर्मचारीको एक हुल मैदानतर्फ आयो । खेलको व्यवस्थापन मिलाइरहेका वाराहीका शिक्षक एवं एन्फामा आबद्ध रेफ्री इन्द्र गुरुङले खेल चल्दैछ तपाईहरु एकछिन बाहिर गइदिनुस् भने । त्यत्तिकैमा कर्मचारीको तर्फबाट आवाज आयो, “आज निजामति सेवा दिवस हो हामी वर्षमा एक दिन खेल्न आएका छौ, तपाईहरु माथि गएर खेल्नुस् ।”

    गुरुङले पुनः थपे, “खेल सकिन लागिसक्यो, एकैछिन कुर्नुस् ।” त्यत्तिभन्ना साथ कर्मचारीको तर्फबाट आक्रोशयुक्त बोली आयो, “तपाईको दिमाग छैन, ओ बाबुनानी घर जाउ ।” त्यसपछि सबै बालबालिका घरतर्फ लागे । बालबालिका घर हिँडेपछि कर्मचारीले मैत्रीपूर्ण फुटबल प्रतियोगिता सञ्चालन गरे ।