स्थानीयकाे विराेधपछि मङ्गलीगैह्रामा सरसफाई केन्द्र बनाउने निर्णय फिर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्थानीयकाे विराेधपछि मङ्गलीगैह्रामा सरसफाई केन्द्र बनाउने निर्णय फिर्ता

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०७९, बुधबार

    दमाैली । व्यास नगरपालिका वडा नम्बर १० स्थित मङ्गली गैह्रामा सरसफाई केन्द्र बनाउने निर्णयबाट पछि हटेकाे छ । स्थानीयकाे विराेध भएपछि नगरपालिकाले उक्त ठाउँमा सरसफाई केन्द्र बनाउने निर्णय स्थगित गरेकाे हाे ।

    त्यस ठाउँमा सरसफाई केन्द्र बनाउनका लागि नगरपालिकाले जग्गा खरिद प्रकृया अगाडी बढाएकाे थियाे । त्यसका लागि सङ्घ सरकारसँग स्वीकृति समेत मागिएकाे थियाे । तर स्थानीयवासीले कुनै पनि हालतमा सरसफाई केन्द्र बनाउन नदिने अडान लिएका थिए ।

    नगरपालिकाकाे बुधबार बसेकाे बैठकले स्थानीयहरुको गुनासोका आधारमा सो जग्गा खरिद प्रकृया स्थगित गरि वैकल्पिक जग्गा खरिद प्रकृया अघि बढाउने निर्णय गरेकाे प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए । साथै नगर कार्यपालिकाका सदस्यहरु र स्थानीय प्रतिनिधि समेत सफल सरसफाई केन्द्रमा यस महिनाभित्र अध्ययन अवलोकन भ्रमणमा जाने निर्णय भएको नगरपालिकाले जनाएको छ ।