निर्माण व्यवसायी सङ्घ तनहुँकाे अधिवेशन सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निर्माण व्यवसायी सङ्घ तनहुँकाे अधिवेशन सुरु

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैल । निर्माण व्यवसायी सङ्घ तनहुँकाे २७ औ साधारणसभा तथा १२ औ अधिवेशन बुधबारदेखि सुरु भएकाे छ । अधिवेशनकाे नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङ दाेर्जी लामाले उद्घाटन गरे । साे अवसरमा उनले निर्माण व्यवसाय देश विकासकाे मेरुदण्ड भएकाे बताए ।

    सङ्घका अध्यक्ष रत्नकुमार श्रेष्ठकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रममा सङ्घका कार्यवाहक महासचिव टिकाराम पनेरुले वार्षिक प्रतिवेदन तथा भावी कार्ययाेजना प्रस्तुत गरेका थिए ।

    बिहीबारसम्म चल्ने अधिवेशनले सङ्घकाे नयाँ नेतृत्व चयन गर्नेछ ।