आदिकविको मतगणना सम्पन्न : खुल्ला सदस्यमा सात निर्वाचित (मत परिणाम सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आदिकविको मतगणना सम्पन्न : खुल्ला सदस्यमा सात निर्वाचित (मत परिणाम सहित)

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको खुल्ला सदस्यमा निर्वाचनबाट सात जना निर्वाचित भएका छन् । बुधबार राति सकिएको मतगणना अनुसार खुल्ला सदस्यतर्फ सात जना निर्वाचित भएका छन् । सात जनाका लागि १७ जनाबीच प्रतिस्पर्धा भएको थियो ।

    सार्वजनिक मतपरिणाम अनुसार मोहन गिरी (४६१), लक्ष्मीभक्त खनाल (४५२), अपार पौडेल (३९४), प्रदीप काफ्ले (३१६), सहवीर उच्चै (२९९), डा. इश्वरचन्द्र वाग्ले (२९३) र विष्णुबहादुर बस्नेत (२५८) मत प्राप्त गरी विजयी भएका छन् ।

    यसैगरी लेखा समिति सदस्यमा विवेक भट्टराई (४४६), ठाकुरबहादुर दरै (४४१) र र सोमराज सिग्देल (४०६) मत प्राप्त गरी विजयी भएका छन् ।