आदिकविको अध्यक्षमा सशक्त दावेदार खनाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आदिकविको अध्यक्षमा सशक्त दावेदार खनाल

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । व्यास-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको निर्वाचन सकिएपछि अब अध्यक्ष को हुन्छ भन्ने चासो बढेको छ। निर्वाचनबाट सदस्यहरु चुनिएपछि सबैको ध्यान अध्यक्षमा पुगेको छ ।

    क्याम्पसमा निर्वाचित सदस्यमध्येबाट अध्यक्ष चयन गर्ने व्यवस्था छ । क्याम्पसको अध्यक्षका लागि लक्ष्मीभक्त खनाल शसक्त दावेदार देखिएका छन् । अत्याधिक मत सहित सदस्यमा निर्वाचित खनाल नेपाली कांग्रेस तनहुँका सचिव हुन् ।

    विभिन्न सामाजिक संस्थाको नेतृत्व गरिसकेका खनाल क्याम्पसको नेतृत्व गर्नका लागि उत्साहित छन् । अध्यक्षमा निर्वाचित भए क्याम्पसको शैक्षिक तथा व्यवस्थापन सुधार आफ्नो मुख्य कार्ययोजना रहने खनालले बताए ।