नायक शाहको मुद्धामा तनहुँ अदालतमा असोज २ गते सुनुवाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नायक शाहको मुद्धामा तनहुँ अदालतमा असोज २ गते सुनुवाई

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहको मुद्धामा तनहुँ अदालतमा असोज २ गते सुनुवाई हुने भएको छ । यसअघि भदौ १५ गते पेशी तोकिएकामा उक्त दिन पेशी स्थगित भएको थियो ।

    तनहुँ अदालतका श्रेस्तेदार मिनबहादुर कुंवरले असोज २ गतेका लागि पेशी तोकिएको जानकारी दिए ।

    नायक शाह विरुद्ध नवलपुर अदालतले मङ्गलबार साढे दुई वर्ष कैद फैसला सुनाएको छ । नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले नायक शाहलाई बाल यौन दुरुपयोगमा दुई वर्ष ६ महिना कैद फैसला सुनाएको हो ।

    साथै रु २५ हजार जरीवाना र रु दश लाख क्षतिपूर्तिको फैसला भएको नवलपुर अदालतका श्रेस्तेदार महेन्द्रराज पौडेलले बताए। जबरजस्ती करणी मुद्धामा अभियोगपत्र दर्ता भएपनि न्यायाधीशले बाल यौन दुरुपयोगको कसुरमा शाहलाई कैदको फैसला सुनाएको अदाललते जनाएको छ । शाह विरुद्ध नवलपुर अदालतमा गत चैत ३ गते जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो ।

    नावालिकमाथि जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै रिहा गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिएपनि अदालतले उक्त निवेदन अस्वीकृत गरिदिएको थियो ।