बाख्रापालक कृषक आले एक लाख नगद सहित सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बाख्रापालक कृषक आले एक लाख नगद सहित सम्मानित

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०७९, बिहीबार

    दमौली । तनहुँको भिमाद नगरपालिका-९ पाथर्दीका बाख्रापालक कृषक शिव आले मगर नगद एक लाख सहिद पुरस्कृत भएका छन् । साना किसान लघुवित्त संस्थाले आलेलाई नगद पुरस्कार सहित सम्मान गरेको हो ।

    आलेलाई ‘युथ एग्री अवार्ड २०२२’ प्रदान गरिएको छ । बिहीबार काठमाडौमा आयोजित कार्यक्रममा कृषि तथा पशुपंक्षीमन्त्री मृगेन्द्रकुमार सिंह यादवले आलेलाई उक्त पुरस्कार प्रदान गरे ।

    सम्मानले पशुपालन तथा कृषि क्षेत्रमा लाग्न थप प्रोत्साहन मिलेको आलेले बताए ।

    साना किसान सहकारी संस्थामार्फत् अध्ययनका लागि इजरायल पुगेर फर्किएका युवाहरुलाई उक्त पुरस्कारका लागि आवेदन माग गरिएको थियो । त्यसमध्ये ३०० भन्दा बढीले आवेदन दिएकामा २१ जना छनोट भएका थिए । अन्तिम प्रतिस्पर्धामा सात वटै प्रदेशबाट एक/एक कृषक पुरस्कृत भएका छन् । आले गण्डकी प्रदेशबाट छनोट भएका हुन् ।

    आलेले पाथर्दीमा व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका छन् ।