रामचन्द्र पौडेल भन्छन् – सबै नेता उही ड्याङका मूला होइनन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रामचन्द्र पौडेल भन्छन् – सबै नेता उही ड्याङका मूला होइनन्

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०७९, शुक्रबार

    दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै नेता उही ड्याङको मूला नभएको बताएका छन् । १०९ औ बीपी जयन्तीको अवसरमा कांग्रेस तनहुँले शुक्रबार आयोजना गरेको कार्यक्रममा पौडेलले उक्त कुरा बताएका हुन् ।

    ‘सबै पार्टी उही ड्याङका मूला होइनन्, सबै नेता उही ड्याङका मूला होइनन्,’ उनले भने, ‘यस्तो भ्रम पाल्न हुँदैन । कांग्रेसमा राम्रा नेता पनि छन् । सबै भ्रष्टाचारी छैनन ।’

    पौडेलले राष्ट्र संकटमा परेको बेला गठबन्धन गरिएको भन्दै गठबन्धनको भविष्य पछिसम्म रहने बताए । लोकतन्त्र रक्षा र विकासका लागि गठबन्धन आवश्यक रहेको उनको भनाई थियो ।

    कांग्रेसले बीपीको बाटो नछाडेको पौडलको जिकिर थियो । ‘कांग्रेस बीपीकै बाटोमा छ, बीपीले देखाएको बाटो अवलम्बन गरिरहेको छ,’ उनले भने ।