अब घाटको धारामा आउँछ सुनपानी, व्यवसायी मल्लले हाल्दिए ट्यांकीमै सुन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अब घाटको धारामा आउँछ सुनपानी, व्यवसायी मल्लले हाल्दिए ट्यांकीमै सुन

    खबरपुञ्ज संवाददाता

    २४ भाद्र २०७९, शनिबार

    दमौली । घाटमा गएर फर्किने बेला सुनपानीले छर्किनुपर्छ भन्ने मान्यता छ । सदियौदेखि चलिआएको यो प्रचलनलाई सबैले मान्दै आएका छन् ।

    अब व्यास-३ स्थित मादीसेती घाटमा धारामै सुनपानी आउने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष कुमार मल्लले घाटमा जाने सर्वसाधारणको सहजताका लागि पानी ट्यांकीमै सुन हालिदिएपथि धारामै सुनपानी आउने भएको हो ।

    ‘सुनपानी छर्किने धार्मिक मान्यता पनि हो, त्यसैलाई मध्यनजर गर्दै ट्यांकीमा दुई लाल सुन हालिदिएको हुँ’ उनले भने, ‘यसले गर्दा घाटमा जाने सबैलाई सहज हुन्छ ।’