पराशरमा विद्यालय सुधार योजना अद्यावद्यिक कार्यशाला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    पराशरमा विद्यालय सुधार योजना अद्यावद्यिक कार्यशाला

    खबरपुञ्ज संवाददाता

    २४ भाद्र २०७९, शनिबार

    दमौली । व्यास-५ वेनीपाटनस्थित पराशर माविमा विद्यालय सुधार योजना अद्याबधिक कार्यशाला सम्पन्न भएको छ । विद्यालय सुधार योजना २०७८−२०८२ अन्तर्गत दोश्रो वर्ष शैक्षिक सत्र २०७९ को विद्यालय सुधार योजना अद्याबधिक गर्ने प्रयोजनका लागि उक्त कार्यशाला सञ्चालन गरिएको हो ।

    कार्यशालामा विभिन्न टोल विकास समितिका अध्यक्षहरु, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षहरु, खानेपानी उपभोक्ता समितिका अध्यक्ष क्लबका अध्यक्षहरु, वि. व्य. स. सदस्यहरु, अभिभावक शिक्षक संघका अध्यक्ष एवं सदस्यहरु, निवर्तमान वि. व्य. स.अध्यक्षहरु, निवर्तमान प्रधानाध्यापक, शिक्षकहरु तथा विद्यार्थीहरु सहभागी भएका थिए ।

    सरोकारवालाले विद्यालय सुधार योजना २०७९ मा समेट्नुपर्ने कार्यक्रमबारे समूहगत रुपमा सुझावहरु दिएका थिए । उक्त कार्यक्रममा विद्यार्थीको तर्फबाट ज्ञानोदय वाल क्लवका अध्यक्ष एवं कक्षा १० का छात्रा मनिषा थापा, पुर्व विव्यस अध्यक्ष नर बहादुर रानाभाट, मानधोक थापा, आशागुरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष परशुराम गिरी, निवर्तमान प्रधानाध्यापक हेम पौडेल लगायतले सुझाव दिएका थिए ।

    प्रधानाध्यापक रामदत्त पौडेलले प्राप्त सुझावित कार्यक्रम विद्यालय सुधार योजना २०७९ मा क्रमशः समेट्दै लैजाने प्रतिवद्घता व्यक्त गरे । अध्यक्ष उषा क्षेत्रीले विद्यालय सुधार योजना विद्यालयको ऐना भएकोले संपुर्ण सरोकारवालाले यसमा सहभागी भई सुझावहरु प्रदान गरेमा विद्यालयको सर्वपक्षीय विकास हुने बताइन् ।

    सो कार्यशालामा विद्यालयको विद्यमान अवस्था र गतिविधिका बारेमा शिक्षक शम्भुलाल थापाले सहजीकरण गरेका थिए ।