म्याग्दे । तनहुँ-२ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले नागरिकता विधेयकमा गठवन्धन सरकारले राष्ट्रघात गरेको बताएका छन् । थर्पु वजार खानेपानी उपभोक्ता समितिको शनिबार आयाेजित २३ औ साधारणसभा तथा छैटौ अधिवेशनलाई सम्बाेधन गर्दे सासंद सिग्देलले सो कुरा बताएका हुन् ।
नागरिकता विधेयकमा नेकपा (एमाले)को गम्भीर आपत्ति र विरोधका बीचमा पनि गठवन्धन सरकारले पुन राष्ट्रपतिकहाँ पठाएर राष्ट्रघात गरेको उनकाे भनाई थियाे । नागरिकतामा विदेशी चेलीले नेपालमा विहे गरि आउने बित्तिकै नेपाली नागरिकता पाउने तर नेपाली चेलीले विदेशमा विहे गरि जाँदा ७ वर्ष सम्म पनि निवेदन दिन नपाउनुमा असमानता भएको उनले बताए ।
म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाँउपालिका आम जनताकको समस्या समाधानमा सधै लागिपर्ने बताए ।