दमौली । अखिल क्रान्तिकारी तनहुँले डुम्रेस्थित सिकेविके क्याम्पसमा कमिटी विस्तार गरेको छ । मंगलबार आयोजित विद्यार्थीको भेलाले अनिता कुमालको अध्यक्षतामा क्याम्पस कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा सुदिप कुंवर, उमा भुजेल, सीता नेपाली, विवा विक, सचिवमा पविना नेपाली, सहसचिवमा रक्षा राना, कोषाध्यक्षमा मुना अधिकारी चयन भएका छन् ।
भेलामा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य अरविन भट्टराई, जिल्ला अध्यक्ष मिलन महत लगायतले बोलेका थिए ।
अखिल क्रान्तिकारीले जिल्लाका विभिन्न क्याम्पस तथा विद्यालयमा संगठन विस्तार गरिरहेको महतले बताए ।