लायन्सद्वारा शुभकामना आदानप्रदानसँगै डेंगुको सचेतना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    लायन्सद्वारा शुभकामना आदानप्रदानसँगै डेंगुको सचेतना

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०७९, मंगलवार

    दुलेगौडा । लायन्स क्लव अफ तनहुँ खैरेनीटार र लियो क्लव अफ खैरेनीटार दुलेगौंडा मन्त्रको संयुक्त आयोजनामा दशै तिहारको शुभकामना आदान प्रदान साथै डेङ्गु रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेको छ।

    कार्यक्रममा शुक्लागण्डकी नगरपालिका-७ स्थित खड्गसिं थापा, शुक्लागण्डकी नपा स्वास्थ शाखा प्रमुख ढाल बहादुर थापा, क्लवका प्रेसिडेन्ट नारायण पोख्रेल, लायन्स क्लव ३२५ एल नेपालका जोन ५ का चियरपर्सन सुजित हिराचन, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष हरि कुमार श्रेष्ठ, आदिवासी जनजाति महासंघ, शुक्लागण्डकी नगर समन्वय परिषदका अध्यक्ष एव महिला उद्यमी विकास समितिका संस्थापक अध्यक्ष तुलसी कुमारी श्रेष्ठ लगायतले बोलेका थिए ।

    सो अवसरमा डेंगु सर्ने तरिका, लक्षण र बच्ने उपाय बारे जानकारी गराइएको थियो ।