तनहुँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०७९, शनिबार

    दमाैली । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत शुक्लागण्डकी नगरपालिकामा शनिबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

    सो अवसरमा नगरप्रमुख पण्डितले निर्वाचन सम्पन्न गराउनका लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रमुख जिल्ला अधिकारी अर्यालले शान्तिपूर्ण र स्वच्छ वातावरणमा निर्वाचन गराउन प्रहरी प्रशासन सक्षम रहेको बताए ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय भने सदरमुकामस्थित जिल्ला समन्वय समितिको कार्यालयमा आइतबार स्थापना गरिनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले तनहुँ क्षेत्र नम्बर १ को निर्वाचन गराउनेछ । मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला न्यायाधीश दलबहादुर केसी नियुक्त भएका छन्

    निर्वाचनको मिति नजिकिदै गएकाले तनहुँमा निर्वाचनको आवश्यक तयारी सुरु गरिसकिएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।