दमौली । व्यास–५, चापाघाटमा आइतबार राति चोरी भएको छ । संगम टोलमा रहेको रेशमलाल श्रेष्ठले संचालन गरेको किराना पसल फोडेर चोरले चोरी गरेका हुन् ।
पसल रहेको सटरको दाँयापट्टि रहेको झयालमा रहेको ग्रिल फोडेर पसलको गोदामवाट ९० हजार वरावरको सुर्य, पाईलट, शिखर लगायतका चुरोट, १५०० बरावरको नगद र सहकारीको पास बुक लगेको पसलका संचालक रेशमलाल श्रेष्ठले वताए ।
यसअघि पनि चापाघाट क्षेत्रमा नै स्कुटर, मोटरसाईकल, सुन चोरी भएता पनि प्रहरी प्रशासनबाट सकेको सहयोग नहुँदा र चोरको पहिचान हुन नसक्दा चोरको झन मनोवल बढेको स्थानीयवासी बताउँछन् ।