दुलेगौँडा : तनहुँ २ मा नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै २ (क) मा श्यामराजा महत र २ (ख) मा केदार सिग्देलले उम्मेद्वारी दर्ता गराएका छन् ।
किरण अघिल्लो निर्वाचनमा २ (ख) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । यसपालि उनले प्रतिनिधि सभाको टिकट पाए । अघिल्लो पटक प्रतिनिधि सभामा निर्वाचित भएका सिग्देलले २ (ख) बाट उम्मेद्वारी दर्ता गराएका हुन् ।
२ (क) मा उम्मेद्वारी दिएका महतले गत स्थानीय तहको निर्वाचनमा शुक्लागण्डकी नगरपालिकाको मेयरमा दाबी गरेपनि टिकट पाएनन् ।
सत्ता गठबन्धनका उम्मेद्वारले तनहुँ २ मा दिउँसो ४ बजेपछि उम्मेद्वारी दर्ता गराउने बताएका छन् । सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले टिकट पाएका छन् । उनी क्षेत्र नम्बर १ का मतदाता भएपनि टिकट नपाएपछि क्षेत्र नम्बर २ बाट चुनाव लड्न लागेका हुन् । अघिल्लो निर्वाचनमा पनि यहीँ क्षेत्रबाट चुनावी मैदानमा होमिएका भण्डारी एमालेका केदार सिग्देलसँग पराजित भएका थिए । सिग्देलले ३२ हजार ९२४ मत प्राप्त गर्दा भण्डारीले भण्डारीले २९ हजार ६४५ मत ल्याएका थिए ।
२ (क) नेकपा माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपाने र २ (ख) मा कांग्रेसका जितप्रकाश आलेले उम्मेद्वारी दिनेछन् ।