गठबन्धनको सहमति विपरित नेकपा (एकीकृत समाजवादी) को उम्मेदवारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    गठबन्धनको सहमति विपरित नेकपा (एकीकृत समाजवादी) को उम्मेदवारी

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०७९, आईतवार

    दमाैली । मङ्सिर ४ गते हुने निर्वाचनका लागि तनहुँमा नेकपा (एकीकृत समाजवादी) ले उम्मेदवारी दर्ता गराएको छ । सत्तारुढ गठबन्धनबीच केन्द्रमा भएको सहमति बमोजिम नेकपा (एकीकृत समाजवादी) ले तनहुँमा कुनै क्षेत्र नपाएपछि नेकपा (एकीकृत समाजवादी) ले चार वटा प्रदेश सभा क्षेत्रमा उम्मेदवारी दर्ता गराएको हो ।

    नेकपा (एकीकृत समाजवादी) को तर्फबाट तनहुँ क्षेत्र नम्बर १ प्रदेश १ मा विद्या ढकाल, प्रदेश २ मा कलिला खानको उम्मेदवारी दर्ता भएको छ ।

    तनहुँ क्षेत्र नम्बर २ प्रदेश १ मा दुर्गाकुमार श्रेष्ठ र प्रदेश २ मा प्रतापलाल श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ ।

    नेकपा एकीकृत समाजवादीका पाेलिटव्युराे सदस्य पिएल श्रेष्ठले गठबन्धनका सुत्रधार रामचन्द्र पाैडेलबाट धाेका भएकाले उम्मेदवारी दर्ता गरिएकाे बताए ।