रामचन्द्रबाट पार्टीको कोषाध्यक्ष र राष्ट्रियसभाको अफरपछि गोविन्द भट्टराई ब्याक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    रामचन्द्रबाट पार्टीको कोषाध्यक्ष र राष्ट्रियसभाको अफरपछि गोविन्द भट्टराई ब्याक

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०७९, आईतवार

    दमाैली । कांग्रेस नेता गोविन्द भट्टराईले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उठ्ने घोषणा गरे पनि अन्तिम समयमा ब्याक भएका छन् ।

    समानुपातिकको बन्द सूचीको अन्तिमतिर आफ्नो नाम राखिएपछि फिर्ता लिएका भट्टराईले फेसबुकमार्फत उम्मेदवारी दिन लागेको संकेत गरेका थिए । तर आइतबार उनले मनोनयन भने दर्ता गरेनन् ।

    मनोनयन गर्ने तयारी गरे पनि पार्टीका कार्यकर्ताले अहिले नउठ्न आग्रह गरेपछि आफू ब्याक भएको भट्टराईले बताएका छन् ।

    ‘म उठ्ने तयारीमा त थिएँ, तर साथीहरूले अहिले नउठ्न आग्रह गर्नुभयो । धेरै साथीले अहिले नउठ्नु भनेपछि म ब्याक भएँ,’ उनले भने ।

    रामचन्द्र पौडेलले उनलाई कांग्रेसको केन्द्रीय कोषाध्यक्ष बनाउने र राष्ट्रिय सभामा लैजाने प्रतिबद्धता दिएपछि उनी ब्याक भएको तनहुँ कांग्रेसका नेताहरू बताउँछन् ।

    भट्टराई निकट नेताले पनि पौडेलबाट अफर आएको स्विकारे पनि अफरका कारण भने ब्याक नभएको बताए । ‘अफर उहाँले पार्टीको पदाधिकारी बनाउने र सांसद बनाउने दिनुभएको हो, त्यही अफरले ब्याक भएको चाहिँ होइन,’ उनले भने ।