तनहुँ-२ काे प्रतिनिधि सभा सदस्यमा किरणकाे उम्मेदवारी किन ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ-२ काे प्रतिनिधि सभा सदस्यमा किरणकाे उम्मेदवारी किन ?

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०७९, सोमबार

    दुलेगाैडा । तनहुँ क्षेत्र नम्बर २ काे प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले आफ्नाे उम्मेदवारी बारे प्रष्ट पारेका छन् ।

    गुरुङले आफ्नाे उम्मेदवारी सम्पूर्ण रूपमा मुलुकको राजनीतिक स्थायित्व र स्थिरता, राष्ट्रिय स्वाभिमान र अखण्डता, मुलुकको समृद्धि र अग्रगामी परिवर्तन, देश र जनताको सार्वभौमिकता, संविधानको रक्षा र कार्यान्वयन, नीति र कानुन निर्माण, विधि र सुशासनको निम्ति भएकाे उल्लेख गरेका छन् ।

    गुरुङले भनेका छन् –

    तनहुँ क्षेत्र नम्बर २ का सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा,
    आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट तनहुँ क्षेत्र नम्बर २ मा उम्मेदवारी मनोनयन दर्ता गरेको छु । तपाईंहरूबाट सदैव माया, स्नेह र सद्भाव प्राप्त गरेकैछु, फेरि पनि यसपटक तपाईंहरूको बलियो साथ र समर्थनको अपेक्षा गरेको छु । आफ्नो क्षमता, बुद्धि र विवेकले भ्याएसम्म ईमान्दारितापूर्वक जनप्रतिनिधिको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । ‘समृद्ध नेपाल, सुखी नेपाली’ हामी प्रत्येक नेपालीको ईच्छा, आकाङ्क्षा र चाहना हो, हामीले देख्ने एउटै साझा सपना पनि ह‍ो । त्यसलाई पूर्ण गर्ने हाम्रो साझा दृष्टिकोण, लक्ष्य, उद्देश्य र संकल्पमा म दृढ रहनेछु । ईमान्दारिता मेरो राजनीतिक जीवनको ठूलो सम्पत्ति हो । देश र जनता, राष्ट्र र राष्ट्रियता तथा लोकतन्त्र र परिवर्तनको पक्षमा मेरो सक्रियता, त्याग र बलिदान मेरो जीवनको अभिन्न अङ्ग हुन् भन्ने लाग्छ, जुन तथ्य यहाँहरू समक्ष लुकेको छैन । उच्च मनोबलका साथ, देश र जनताको आकाङ्क्षा अनुरूप, मुलुकको अग्रगामी परिवर्तन अर्थात् समृद्धिक‍ो बाटोमा अविश्राम गतिमा लागि रहने प्रण गर्दछु । विकास, फेरि विकास र निरन्तर विकास तथा परिवर्तन, फेरि परिवर्तन र अग्रगामी परिवर्तन मेरो गति हो ।

    मेरो उम्मेदवारी सम्पूर्ण रूपमा मुलुकको राजनीतिक स्थायित्व र स्थिरता, राष्ट्रिय स्वाभिमान र अखण्डता, मुलुकको समृद्धि र अग्रगामी परिवर्तन, देश र जनताको सार्वभौमिकता, संविधानको रक्षा र कार्यान्वयन, नीति र कानुन निर्माण, विधि र सुशासनको निम्ति हो । निर्वाचन अभियानका दौरानमा तपाईंहरुसँग भेट हुने नै छ । तपाईंहरुका सुझाव, सल्लाह मेरो मार्गदर्शन हुनेछ । ‘सूर्य चिन्ह’मा मतदान गरी हाम्रा सूर्य ध्वजाबाहक उम्मेदवारहरूलाई अत्याधिक मतले विजय गराई दिनु हुन सबैमा मेरो विनम्र अनुरोध छ । सबैमा धन्यवाद !

    किरण गुरुङ प्रतिनिधि सभा सदस्य उम्मेदवार निर्वाचन क्षेत्र नं. २, तनहुँ