भिमादमा कांग्रेसको सम्पर्क कार्यालय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    भिमादमा कांग्रेसको सम्पर्क कार्यालय

    खबरपुञ्ज संवाददाता

    २५ आश्विन २०७९, बुधबार

    भिमाद । तनहुँको भिमादमा नेपाली कांग्रेसले सम्पर्क कार्यालय स्थापना गरेको छ । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि भिमादमा तनहुँ २ प्रदेश सम्पर्क कार्यालय खोलिएको हो ।

    उक्त कार्यालयको बुधबार तनहुँ प्रतिनिधि सभा सदस्य उम्मेदवार शंकर भण्डारी र प्रदेश सभा सदस्य उम्मेदवार जीतप्रकाश आलेले उद्घाटन गरेका छन् ।

    कार्यक्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले तनहुँ-२ मा बाम लोकतान्त्रिक गठबन्धनको जित निश्चित रहेको बताए ।

    कांग्रेसले मंगलबार मात्रै खैरेनीटारमा पनि सम्पर्क कार्यालय खोलेको थियो ।