दमाैली । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र कार्कीले चुनाव चिन्ह ‘ट्राफिक प्रहरी’ पाएका छन् । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले कार्कीलाई ‘ट्राफिक प्रहरी’ चुनाव चिन्ह दिएकाे हाे ।
चुनाव चिन्ह पाएपछि कार्कीले व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएकाले आफू उम्मेदवार बनेकाे बताए ।
कार्की भानु नगरपालिका-१३ निवासी हुन् ।