तनहुँमा पाँच जनाले फिर्ता लिए उम्मेदवारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँमा पाँच जनाले फिर्ता लिए उम्मेदवारी

    खबरपुञ्ज संवाददाता

    २६ आश्विन २०७९, बुधबार

    दमाैली । तनहुँमा अन्तिम समयमा आएर पाँच जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधिसभामा उम्मेदवारी दिएका एक सहित पाँच जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

    तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिएका विश्व वास्तोलाले उम्मेदवारी फिर्ता लिए । नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव रहेका बास्तोला गत स्थानीय निर्वाचनमा व्यास नगरपालिकाको मेयरमा उठ्न चाहान्थे । पार्टीले बैकुण्ठ न्यौपानेलाई दोहोर्याउदै टिकट दिएपछि असन्तृष्टि भएर बास्तोलाले पार्टी छाडेका छन् । उनी पार्टीमा वरिष्ठ नेता रामचन्द्र पौडेल निकट थिए ।

    यस्तै, तनहुँ १ (क) मा स्वतन्त्र उम्मेदवारी दिएका नगेन्द्र पौडेलको पनि फिर्ता भएको छ । नेपाली कांग्रेस व्यास नगर कार्य समितिका कोषाध्यक्ष रहेका पौडेलले मनोनयन दर्ताको केही दिन अगाडी मात्रै राजिनामा दिँदै उम्मेदवारी दर्ता गराएका थिए ।

    तनहुँ २(क) मा स्वतन्त्र उम्मेदवारी दिएका प्रेमकुमार श्रेष्ठ, कांग्रेस (विपी) का डा. शेषरमण न्यौपानेले उम्मेदवारी फिर्ता लिए । २ (ख) मा जसपाबाट पुर्णबहादुर गुरुङले पनि फिर्ता लिएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ । तनहुँमा प्रतिनिधि र प्रदेश सभामा ६२ जनाको उम्मेदवारी परेको थियो । पाँच जनाले फिर्ता लिएसँगै ५७ जनाको उम्मेदवारी कायम भएको छ ।