म्याग्दे । मङ्सिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेले म्याग्देकाे थर्पुमा सम्पर्क कार्यालय स्थापना गरेकाे छ । तनहुँ क्षेत्र नम्बर २ प्रदेश १ काे क्षेत्रीय कमिटीकाे सम्पर्क कार्यालय थर्पु बजारमा स्थापना गरिएकाे हाे ।
उक्त कार्यालयकाे शुक्रबार नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण गुरुङले उद्घाटन गरे । तनहुँ क्षेत्र नम्बर २ मा एमालेकाे नेतृत्वमा भएका विकासलाई निरन्तरता दिन एमालेकाे विजय आवश्यक रहेकाे उनले बताए ।
कार्यक्रममा एमाले पाेलिटव्युराे सदस्य टुकराज सिग्देल, जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, प्रदेश १ का उम्मेदवार श्यामराजा महत, उपसचिव खिमबहादुर कुमाल लगायतले बाेलेका थिए ।