पाँच अर्ब पुँजीको कृषि प्रोजेक्ट बैंक कम्पनी खुल्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    पाँच अर्ब पुँजीको कृषि प्रोजेक्ट बैंक कम्पनी खुल्ने

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    पोखरा । नेपालमा अन्य क्षेत्रका ठूलाठूला कम्पनीहरु स्थापना भएर कार्यहरु गर्दै आएका छन । कृषि क्षेत्रको विकासका लागि समेत थुप्रै कम्पनीहरु खोलेर कार्यहरु गर्दै आइरहेको अवस्था छ ।  

    यसै बीचमा नेपालको कृषि क्षेत्रलाई औद्योकिरण गर्ने भिजन सहित लगानीकर्ताले गरेको कृषि क्षेत्रको लगानीलाई पूर्णतया जोखिममुक्त महसुस गराउने बृहत्तर योजना र कार्यक्रम सहित नेपालकै ठुलो पुँजी र प्रबर्धक हुने पहिलो कृषि मुलक पब्लिक कम्पनी ‘रियल एग्रा लिमिटेड’ खुल्ने एवं प्रबर्धन हुने भएको छ ।

    कम्पनीको अधिकृत पुँजी ५ अर्ब र चुक्ता एवं जारी पुँजी २ अर्ब ४५ करोड रहनेछ । यस कम्पनीमा देशभरी र विदेश बाट गरी ५१००जना नेपाली प्रबर्द्धक शेयरधनि रहने गरी कम्पनि स्थापना अभियान घोषणा गरिएको छ । यसका लागि देशभरि र विदेशमा समेत नेपालीहरु माझ प्रबर्द्क बन्नको लागि प्रस्ताव गर्ने गरी “उद्यमंमेध महाअभियान” को शुभारम्भ गरिएको छ ।

    कृषि क्षेत्रको लगानीमा अधिकतम जोखिम हुन्छ भन्ने आम धारणा रहिरहेका बेला त्यसलाई समेत खुल्ला चुनौती दिंदै ४ वर्षमा नै शत प्रतिशत लगानी बराबर बोनश सुनिश्चितता गर्ने गरी ‘शेयर एवं जग्गा प्राप्ति गुरुयोजना पहल’ सलामी कार्यक्रम प्रस्तुत गरी राहतको घोषणा गरिएको छ ।

    यस कार्यक्रम मार्फत प्रबर्द्धक लगानीकर्तालाई कम्पनीमा कबुल अनुरुपको रकमको किस्ता भुक्तान गरिसकेपछि शेयरधनीले तोकेको समय अवधि २ वा ४ वर्ष मध्ये एक र तोकेको ठाउँमा शेयर राशी बराबर नै हुने गरि बोनशको रुपमा जग्गा नामसारी गरि दिने र कृषि उद्यमको विकासको लागि प्रोत्साहन , प्रबर्धन र सम्बर्धन गर्ने ठोस सुरुवातको पहल लिएको अभियानकर्मीले दाबी गरेका छन । 

    प्रोजेक्ट बैंक खडा गरी १० उद्देश्य कार्यान्वन गर्ने यसको मिसन रहेको देखिन्छ । उत्पादनमुलक कृषि पर्यटन व्यवसायको लागी रियलस्टेट संरचनाहरु निर्माण गरी मानिसहरुले अर्थोपार्जन गर्न सक्ने व्यवस्था सहित भिन्न भिन्न उधम गर्न सक्ने बनाउन, कृषि ब्लक एवं जोन परियोजना बैँक तयार पारि, गरि खान्छु भन्ने व्यक्तिलाई अवसर प्रदान गर्न, टाइम शेयरिङ कृषि रिसोर्ट एवं हाउजिङ ब्लक निर्माण गरी व्यवसायीलाई विक्रि वितरण गरी नाफा आर्जन गर्न, कृषि पर्यटनका पुर्वाधार निर्माणको लागि फिल्ड सर्भिस एवं लगानी दिन, एकिकृत कृषि थिम पार्कको डिजाइन र पूर्वाधार निर्माण गरि कृषि क्षेत्रको औधोगीकरण गर्न, कृषि एवं खाद्यान्न उधोगहरु नेपाल भित्र खोल्ने र संचालन गर्ने वातावरण बनाउन, कृषि आवासीय सेवाहरु प्रदान गरी पर्यटन उद्योगको विकास गर्न, कृषि, पर्यटन र रियल क्षेत्र संयोजन गरी एकीकृत पर्यटनका गतिबिधि संचालन गर्न, रियल क्षेत्र–कृषि–पर्यटन औधोगिक ब्लक एंबम जोनहरु निर्माण गर्न, कम्पनीका शेयरधनीलाई शेयर हिस्सा अनुरुप बोनश, साथै स्वायत्त रुपमा विभागीय उद्योगको मालिक पनि बनाउने र अतिरिक्त प्रतिफलको सुनिश्चितता दिने गरि प्रवासी नेपालीलाई नेपाल फर्काएर कृषि उधोगहरु संचालन गर्न लगाउने गरी व्यापारिक योजनाको तयारी गरिदैछ ।

    यो कार्यक्रम पोखराबाट प्रारम्भ भएर सातवटै प्रदेश र विदेशमा समेत संचालन गरिनेछ ।

    कम्पनि प्रबर्धन गर्नको लागि प्रवास र स्वदेशमा बस्ने मध्यमवर्गीय नेपालीहरुको ४५% शेयर रहनेछ भने आरकेडी समूह अन्तर्गतको टुरिजम इन्भेस्टमेन्ट फण्ड लि. र अन्य कम्पनीहरुको सहभागिता रहने गरि ५५ % शेयर  रहनेछ  ।

    गण्डकी प्रदेश संयोजक धर्मराज भण्डारीको अध्यक्षता र कम्पनी समूहका अध्यक्ष रामचन्द्र शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा शर्माले सलामी र इलमी परियोजनाका बारेमा जानकारी दिएका थिए ।