दमौली । आफू निर्वाचित भएको पालिकामा उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न नपाइने प्रावधान भएपनि तनहुँको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ प्रचारप्रसारमा हिँडेका छन् ।
निर्वाचन आचारसंहिता उल्लंघन गर्दै ऋषिङका अध्यक्ष आफ्नै पालिकाका विभिन्न ठाउँमा आयोजित कार्यक्रममा पार्टीका उम्मेदवारसँग सहभागी हुन थालेका हुन् ।
निर्वाचन आचारसंहिता २०७९ को दफा ५ बमोजिम स्थानीय तहका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा प्रचारप्रसारमा गर्न पाइदैन । तर अर्को पालिकामा सरकारी स्रोतसाधनको प्रयोग नगरी प्रचारप्रसारमा हिँड्न भने छुट दिइएको छ ।